ट्रसको मन्त्रिपरिषद्मा चार अश्वेत नेतालाई महत्वपूर्ण जिम्मेवारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

ट्रसको मन्त्रिपरिषद्मा चार अश्वेत नेतालाई महत्वपूर्ण जिम्मेवारी

एजेन्सी । नयाँ बेलायती प्रधानमन्त्री लिज ट्रसले गठन गरेको मन्त्रिपरिषद्मा छनोट गरेका छन्, जहाँ पहिलो पटक अश्वेतलाई महत्वपूर्ण मन्त्रालयको जिम्मा दिइएको छ । ट्रसले क्वासी क्वार्टेङलाई पहिलो अश्वेत अर्थमन्त्रीको रूपमा नियुक्त गरेकी छिन् । उनका आमाबाबु सन् १९६० को दशकमा घानाबाट आएका थिए । त्यस्तै जेम्स क्लिभरली पहिलो अश्वेत विदेश मन्त्री बनेका छन् ।

क्लिभरलीकी आमा सियरा लियोनकी हुन् भने बुबा अश्वेत हुन् । उनले विगतमा अश्वेत मतदाताहरूलाई आकर्षित गर्न पार्टीले अझ धेरै गर्न आवश्यक भएको बताएका थिए ।

त्यस्तै, अश्वेत समुदायकै प्रतिनिधत्व गर्ने सुएला ब्रेभरम्यानलाई गृह मन्त्रालयको जिम्मा दिइएको छ । उनका आमाबाबु केन्या र मरिससका हुन् ।

ट्रस मंगलबार मात्र देशको प्रधानमन्त्री बनेकी थिइन् । उनी देशकै तेस्रो महिला प्रधानमन्त्री हुन् । यसैबीच, निवर्तमान प्रधानमन्त्री बोरिस जोनसनले आफ्ना उत्तराधिकारी लिज ट्रसलाई समर्थन गर्ने वाचा गरेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);