प्रदेशसभाको मतपत्र प्रतिनिधिसभाको मतपेटिकामा खसालेपछि... | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८१, बुधवार

प्रदेशसभाको मतपत्र प्रतिनिधिसभाको मतपेटिकामा खसालेपछि…

परासी, २१ मंसिर । कर्मचारीको गल्तीका कारण प्रदेशसभा सदस्यको मतपत्र प्रतिनिधिसभाको मतपेटिकामा खसालेपछि पश्चिम नवलपरासी जिल्लाको सरावल गाउँपालिकास्थित त्रिमुर्ती आधारभूत तिलौली केन्द्र ’ख’ मा पुनः मतदान भएको छ।

बिहान सात बजेदेखि सुरु भएको मतदानमा त्यहाँ खटिएका कर्मचारीले मतदाताहरूलाई प्रदेशसभाको मत पत्र दिएर प्रतिनिधिसभाको बाकसमा खसाल्न लगाएपछि केही समय मतदान नै रोकिएको थियो ।

मतदान अधिकृत वीरेन्द्र कुमार तिमिल्सेना दिएको जानकारी अनुसार राजनीतिक दलका प्रतिनिधिहरुको सहमतिमा पुनः मतदान गरिएको छ । १८ जनाले मतदान गरेपछि उक्त त्रुटी भएको थाहा भएको तिमिल्सेनाले बताए। राजनीतिक दलको सहमतिमा मतदान गर्ने मतदाताहरूको पहिचान गरी पुनः मतदान गर्न लगाइएको थियो। त्रुटी भएर खसालिएका सबै मतपत्रलाई मुचुल्का बनाएर छुट्टै शिल गरेर राखिएको तिमिल्सेनाले बताए।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);