सर्पले डसेर सल्यानमा एक बालिकाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

सर्पले डसेर सल्यानमा एक बालिकाको मृत्यु

sarpa

सल्यान । विषालु सर्पले डसेर सल्यानमा एक बालिकाको ज्यान गएको छ । प्रहरीका अनुसार सर्पको टोकाइबाट चार वर्षीय बालिकाको मृत्यु भएको हो । बन्गाड कुपिण्डे नगरपालिका-३ खेतगारा औलबेसी निवासी कन्जरा विककी छोरी सृष्टि विकको मृत्यु भएको हो ।

घर नजिकै आमासँग हिँडिरहेको बेला बालिकालाई मंगलबार बेलुकी ६ बजेतिर सर्पले डसेको र घरेलु उपचारकै क्रममा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्लामा सर्पले डसेको उपचार सम्भव नभएको र बाहिर जानुपर्ने बाध्यताका कारण उनको अकालमा मृत्यु  भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);