सर्पले टोकेर बालकको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०७९, सोमबार

सर्पले टोकेर बालकको मृत्यु 

death child

सिरहा । सर्पको टोकाइबाट सिरहमा एक एक बालकको मृत्यु भएको छ। साथीहरूसँग घरमै लुकामारी खेल्ने क्रममा केराबारीमा लुक्न गएका बेला सर्पले टोक्दा  गोलबरजार नपा-३ जमदह भाङ्गवारीका नथुनी सदाका ६ वर्षीय छोरा अनिल सदायको मृत्यु भएको हो।

सर्पले डसेर सिकिस्त भएका उनलाई उपचारको लागि चोहर्वास्थित जयकाली सर्पदंश केन्द्र पुराए पनि बाटाेमै मृत्यु भएकाे बताइएको छ । खेलिरहेका बेला सर्पले टोकेको भए पनि बालकले थाहा नपाएका कारण उनी सिकिस्त भएपछि मात्रै घरपरिवारले थापा पाएको स्थानीय नरवहादुर थापाले जानकारी दिए । उनी गाउँकै सरस्वति माध्यमिक विद्यालयमा बालविकासमा पढ्दै थिए।

Leave a Reply