इन्द्रजात्रामा सहभागी हुन विदेशी पाहुना आउने : काठमाडौं महानगर | ईमाउण्टेन समाचार

Our Network

भदौ ६ २०८३, आइतबार

इन्द्रजात्रामा सहभागी हुन विदेशी पाहुना आउने : काठमाडौं महानगर

काठमाडौं। काठमाडौं महानगरपालिकाले यस वर्षको इन्द्रजात्रामा विदेशी पाहुना सहभागी हुने जनाएको छ । बुधबार पत्रकार सम्मेलन गरेर महानगरले यस वर्षको इन्द्रजात्रा पर्व अवलोकलन गर्न विदेशी पाहुनालाई आमन्त्रण गरिएको जनाएको हो । काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले इन्द्रजात्रा काठमाडौंमा  मात्र सीमित नगराएर अन्न्तर्राष्ट्रियस्तरमै चिनाउन खोजिएको बताए । यसका लागि विभिन्न देशका प्रतिनिधिलाई आमन्त्रण गरिएको महानगर प्रवक्ता तथा काठमाडौं वडा १७ का वडा अध्यक्ष नविन मानन्धरले जानकारी दिए।

‘यस वर्ष हामीले इन्द्रजात्रा अवलोकनका लागि देशी विदेशी पाहुनालाई बोलाएको छौँ,’ उनले भने, ‘कूटनीतिक नियमानुसार संघीय सरकारमार्फत विदेशी पाहुनालाई बोलाएका छौँ ।’

यस वर्षको इन्द्रजात्रा आउँदो शुक्रबार रहेको छ । तर, इन्द्रजात्राको सुरुवात भने भइसकेको छ।

Leave a Reply