विदेशी पाहुनाका साथ इन्द्रजात्रा मनाइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

विदेशी पाहुनाका साथ इन्द्रजात्रा मनाइने

indra jatra

काठमाडौं, १३ भदौ । यस वर्षको इन्द्रजात्रा अन्तर्राष्ट्रिय पाहुनाका साथ मनाउने तयारी भएको छ । नेपाल पर्यटन वर्ष २०२० लाई समेत लक्षित गरी अन्तर्राष्ट्रिय पाहुनाका साथ इन्द्रजात्रा मनाउन लागिएको हो ।

स्वदेशी तथा विदेशी पाहुनालाई देखाउन भक्तपुर गलसीपुखुको महाकाली नाचका चार वर्षदेखि सत्तरी वर्ष उमेरका नर्तकीले अहिले नाचको अभ्यास थालेका छन् । काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार संरक्षण कार्यक्रम कार्यालय प्रमुख उदय पसः खलःका अनुसार भदौ २६ गतेसम्म अन्तर्राष्ट्रिय पाहुना काठमाडौँ आइसक्ने छन् । उहाँका अनुसार नेपालको अनुपम सांस्कृतिक पक्षलाई अन्तर्राष्ट्रिय प्रसारका लागि इन्द्रजात्रा महìवपूर्ण पर्व हो ।

भारत, चीन, अमेरिका, जापान, बङ्गलदेश भुटानलगायतका देशका विभिन्न महानगरबाट इन्द्रजात्रामा प्रतिनिधित्व हुने काठमाडौँ महानगरले जनाएको छ । काठमाडौँ महानगरका अनुसार भक्तपुरको महाकाली नाच, ख्याउरा, माकप्याँखलगायत किलागलको पुलुकिसी, हल्चोकको भैरव, मजिपाटको लाखे दसअवतार, स्वच्छन्द भैरव, आकाश भैरव, श्वेतकाली लगायतका नाच प्रस्तुत गर्ने तयारी भएको छ । महानगरपालिका कार्यान्वयन विभाग प्रमुख धनपति सापकोटाले यसका लागि बाटो व्यवस्थापन, नगर सौन्दर्यको कार्य सुरु भइसकेको जानकारी दिनुभएको छ ।

गुठी संस्थानका उपप्रशासक जयप्रसाद रेग्मीका अनुसार संस्थानका अध्यक्ष मीनराज चोधरीको अध्यक्षतामा जात्रा व्यवस्थापन विषयमा गहन परामर्श आयोजना भएको छ । कुमारी, गणेश र भैरवको रथयात्रालाई यो पल्ट विदेशी पाहुनाले सहज रूपमा अवलोकन र अध्ययन गर्न सकून् भन्ने विषयमा संस्थानले जात्राका सम्बद्ध रकमी कर्मचारीसँग परामर्श थालिसकेको छ ।

भक्तपुर महाकाली नाचका मूलनाइके तुल्सीनारायण दण्डेख्याले पाहुनालाई भक्तपुरको यो नाचको स्वाद प्रदर्शन गर्नेगरी नाचका सम्बद्धले अभ्यास गरिरहेको जानकारी दिनुभएको छ । सिन्ह स्वाँ खलः का निरन श्रेष्ठ, श्रीकुमारी क्लबका राजकल्याण ताम्राकार, सिद्धिचरण चोक दफ्तर क्लबका राकेश शाही, मखन मादेव क्लबका राजन महर्जनलगायत जैसिदेवल युवा क्लबका सबै जात्रा व्यवस्थापनमा सहभागी हुनेछन्  । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);