प्रचण्डले भने- चुनाव जित्न हामीले बालेनको भन्दा ठूलो सेन्टिमेन्ट खोजिरहेका छौँ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

प्रचण्डले भने- चुनाव जित्न हामीले बालेनको भन्दा ठूलो सेन्टिमेन्ट खोजिरहेका छौँ

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव जित्न जनताको सेन्टिमेन्टमा खेल्नुपर्ने बताएका छन् ।

माओवादी उपत्यका विशेष प्रदेश समितिको वैचारिक–राजनीतिक प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चुनाव जित्ने विभिन्न कडीमध्ये एक जनताको सेन्टिमेन्ट पनि रहेको बताए । जनताको सेन्टिमेन्टमै खेलेर काठमाडौं मेयरमा बालेन साह निर्वाचित भएको भन्दै उनले बालेनको भन्दा ठूलो आफूहरुले सेन्टिमेन्ट खोजिरहेको बताए ।

जनताको सेन्टिमेन्टमा खेलेर चुनाव जित्नुपर्ने बताउँदै उनले काठमाडौं उपत्यकामा तीन सिट जित्न सके माओवादी शक्तिशाली पार्टी बन्ने दाबी गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);