प्रचण्ड तानाशाह, सामन्ती र व्यक्तिवादी हो : लेखराज भट्ट | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रचण्ड तानाशाह, सामन्ती र व्यक्तिवादी हो : लेखराज भट्ट

काठमाडौं, २६ चैत ।माओवादीको भन्दा एमालेको धेरै भोट पाएर मैले चुनाव जितेको हो’ सांसद् पदबाट हट्नासाथ यस्तो प्रतिक्रिया दियो लेखराज भट्टले । उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको भोटको मजाक उडाएको बताए ।

यो संवाददातासँग कुरा गर्दै लेखराजले भने ‘प्रचण्ड यो देशमा स्थायित्व चाहनुहुन्न । उनले जनताको मतको सम्मान गर्नुभएन । मजाक उडाउनुभयो ।’ उनको भनाई थियो– ‘त्यो क्षेत्रको कांग्रेसको मत पनि पाएको हो, क्षेत्रका जनताले जुन माया दिएका छन्, त्यो मायाको प्रतिफलमा मैले जितेको हो । जनताको मतको प्रचण्डले अपमान गर्नुभयो ।

एमालेसँग गठवन्धन बन्ने भएपछि तत्कालीन माओवादी भित्र अन्र्तसंघर्ष चलेको जानकारी दिँदै लेखराजले भने ‘म पाँच वर्ष सरकार चल्नुपर्छ भन्ने पक्षमा सधैं थिएँ । प्रचण्ड सधैं अस्थिरताको पक्षमा थिए ।’ ‘प्रचण्डले कारवाहीको नाममा इगो साँध्नुभयो । प्रचण्डमा तानाशाही, सामन्ती र व्यक्तिवादी चिन्तन हावी छ’ उनले अगाडि भने ‘मलाई माया गर्ने जनता बीच फेरि जाने मौका प्रचण्डले दिएका छन्, त्यसका लागि प्रचण्डलाई धन्यवाद दिन्छु ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले टोपबहादुर सहित चारजना सांसद्को सदस्यता खारेज भएको सूचना दिएको थियो । अदालतको निर्णय आउनु पहिले नै केपी शर्मा ओली अर्थात् पहिलो अध्यक्षको पक्षमा आफू लागेको भन्दै अदालतको फैसला टेक्निकल भएको लेखराजले बताए ।

उनले भने ‘मुख्य कुरा राजनीति हो । राजनीति र नैनिकता बचाउने हो, पद बचाउने हो । लेखराजले पदका लागि कहिल्यै राजनीति गरेन, प्रचण्डले जहिले पनि पदका लागि राजनीति गरे ।

आइ. एन. ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);