जुम्ला। नेपालकाे सर्वाधिक अग्लाे स्थानमा उत्पादन हुने जुम्लाकाे मार्सी धानबालि ब्लास्ट राेगले बर्बाद बन्ने अवस्थामा पुगेकाे छ । जुम्लाकाे तातोपानी गाउँपालिका-४ काे गौतमवाडामा रहेको धानको ज्युलोकाे धानबाली ब्लास्ट रोगले सखाप भएकाे छ । राेग लागेपछि यहाँका किसानलाई बाँकी बालि कसरी जाेगाउने भन्ने चिन्तामा छन् । यहाँ असारमा धान राेपिएकाे हाे । धानमा ब्लास्ट रोग लागेपछि किसानहरू कृषि विकास कार्यालय जुम्लामा औषधि खाेज्दै पुगेकाे स्थानीय भावना उपाध्यायले बताइन् । उनले भनिन, ‘पाँच जनाको धान खेतमा बढी नै समस्या देखिएको छ । सबैले कालीमार्सी धान लगाएका थिए ।’ तातोपानीकै अर्की किसान जानकी गौतमले धानको गुबो खुइलिएर खैरो, सेतो हुँदै बोट नै मर्ने गरेको दुःखेसो गरिन । उनले भनिन्, ‘हाम्रो पहिचान बनेकाे मुख्य धानबाली नै हो । यसको उपचार नभए परिश्रम नै खेर जाने पक्का छ।
यता, कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख गणेश अधिकारीले प्राविधिकहरू धान खेतमै पुगेर निरीक्षण गरेकाे र किसानलाई परामर्श दिएकाे बताए।