रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु 

रुपन्देही। रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ भलवारीमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सर्लाहीको हरिपुर गाउँपालिका–१ का २७ वर्षीय राज चौधरी रहेका छन् । घाइते भएका उनको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको हो ।  बुटवलबाट भैरहवातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२ ०३५ प ४१८२ नम्बरको मोटरसाइकल आज बिहान साढे ८ बजे अनियन्त्रित भइ सडकको रेलिङमा ठोकिएको इलाका प्रहरी कार्यालय मंगलापुरले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);