ब्लास्ट रोगले बर्बाद हुँदै जुम्लाको मार्सी धानबाली | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

ब्लास्ट रोगले बर्बाद हुँदै जुम्लाको मार्सी धानबाली

जुम्ला। नेपालकाे सर्वाधिक अग्लाे स्थानमा उत्पादन हुने जुम्लाकाे मार्सी धानबालि ब्लास्ट राेगले बर्बाद बन्ने अवस्थामा पुगेकाे छ । जुम्लाकाे तातोपानी गाउँपालिका-४ काे गौतमवाडामा रहेको धानको ज्युलोकाे धानबाली ब्लास्ट रोगले सखाप भएकाे छ । राेग लागेपछि यहाँका किसानलाई बाँकी बालि कसरी जाेगाउने भन्ने चिन्तामा छन् । यहाँ असारमा धान राेपिएकाे हाे । धानमा  ब्लास्ट रोग लागेपछि किसानहरू कृषि विकास कार्यालय जुम्लामा औषधि खाेज्दै पुगेकाे स्थानीय भावना उपाध्यायले बताइन् । उनले भनिन, ‘पाँच जनाको धान खेतमा बढी नै समस्या देखिएको छ । सबैले कालीमार्सी धान लगाएका थिए ।’ तातोपानीकै अर्की किसान जानकी गौतमले धानको गुबो खुइलिएर खैरो, सेतो हुँदै बोट नै मर्ने गरेको दुःखेसो गरिन । उनले भनिन्, ‘हाम्रो  पहिचान बनेकाे मुख्य धानबाली नै हो  । यसको उपचार नभए परिश्रम नै खेर जाने पक्का छ।

यता, कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख गणेश अधिकारीले प्राविधिकहरू धान खेतमै पुगेर निरीक्षण गरेकाे र किसानलाई परामर्श दिएकाे बताए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);