भक्तपुरको हनुमानघाट पुलको निर्माण पूरा  | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

भक्तपुरको हनुमानघाट पुलको निर्माण पूरा 

भक्तपुर। भक्तपुर नगरपालिका-७ हनुमानघाटस्थित न्याताँ (हनुमानघाट) पुलको निर्माण पूरा भएको छ । नगरपालिकाको विनियोजित बजेटबाट पुल जीर्णोद्धार गरिएको हाे।

न्याताँं पुल जीर्णोद्धार समितिका अध्यक्ष कृष्णगोविन्द खाइजुले पुल निर्माणको लागत इष्टमेट ४९ लाख २४ हजार रहेकोमा  ४१ लाख ३३ हजारमै निर्माण सम्पन्न भएको जानकारी दिए ।

नगर प्रमुख प्रजापतिले जनताको सम्पत्ति जनताकै सहभागितामा बनाउने नीति भक्तपुर नगरपालिकाको रहेको बताए । त्यसअनुरुप नपाले जनताको आर्थिक तथा भौतिक सहयोग र श्रमदान जुटाई विकास निर्माणका कामहरु उपभोक्ता समितिमार्फत पारदर्शी ढंगले गुणस्तरीय काम सम्पन्न गर्दै आइरहेको उनले बताए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);