सामाजिक सुरक्षा भत्ता दिन वडाध्यक्ष घर-घर पुगे | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

सामाजिक सुरक्षा भत्ता दिन वडाध्यक्ष घर-घर पुगे

जुम्ला । जुम्लाकाे कनकासुन्दरी गाउँपालिकाको वाडा नम्वर १ का नवनिर्वाचित वडा अध्यक्ष भिमबहादुर भण्डारी आफैं उपस्थित भएर सेवाग्राहीका घरमै सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छन ।

भत्ता वितरण गर्न मात्रै नभई मतदातालाई धन्यवाद दिन र  गाउँमै वडा सरकार आएको महसुस गराउनका लागी बुम्रमाडिचौरगाउमा रहेको मतदाताको घरअंगानमा  पुगेको बताए  ।

एकल महिला, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई  भत्ता बुझ्ने ठाउँसम्म पुग्न कठिनाइ हुने भएकाले भत्ता पाउने सेवाग्राहीको घरमै पुगेर  वितरण  गरेको उनले बताए ।

‘गाउँमै भत्ता वितरण गर्ने कुरा त हाम्रो चुनावी प्रतिबद्धता नै थियो,’  अध्यक्ष भण्डारीले भने ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);