अन्तर–धर्म विवाहको विरोधमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

भदौ ७ २०८३, सोमबार

अन्तर–धर्म विवाहको विरोधमा प्रदर्शन

इस्लामाबाद। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा एक सिख महिलालाई मुस्लिम पुरुषसँग जबरजस्ती विवाह गरेको मुद्दामा पुलिसले निस्किृयता देखाएको भन्दै अल्पसंख्यक सिख समुदायका सदस्यहरूले विरोध प्रदर्शन गरेका छन् ।  प्रदर्शनकारीले मुख्य बुनेर सडक घण्टौंसम्म अवरुद्ध गरेका थिए । शिख समुदायका सदस्यहरूले आफ्नो भाषणमा स्थानीय पुलिसले उनीहरूलाई सहयोग नगरेको गुनासो गरे । उनीहरूले जीवन र सम्पत्तिको सुरक्षाको माग गरे ।

२५ वर्षीया सिख महिला मीना कुमारीलाई पहिले भाग्न बाध्य पारेर मुस्लिम पुरुषसँग जबरजस्ती विवाह गरेको उनीहरूले बताए । यद्यपि, कुमारीले स्थानीय प्रहरीसमक्ष आफ्नो बयानमा आफू दबाबमा नपरेको र स्वेच्छाले मुस्लिम पुरुषसँग भागेको बताइन् ।

Leave a Reply

ताजा समाचार