लमजुङका भूमिहीनलाई लालपूर्जा लिन ३५ दिने सूचना आह्वान | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

लमजुङका भूमिहीनलाई लालपूर्जा लिन ३५ दिने सूचना आह्वान

लमजुङ। लमजुङ जिल्लामा पनि राष्ट्रिय भूमि आयोगले जिल्लाभित्र रहेका भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा दिने भएको छ।

लमजुङमा मात्रै नभईकन देशभरका भूमिहीन तथा दलित परिवारलाई व्यवस्थापन गराउन र स्थायी रुपले बसोबास गराउन लालपूर्जा दिन लागेको हो । गण्डकी प्रदेश अन्तर्गत पर्ने लमजुङ जिल्लाको बेसिशहर नगरपालिका भित्र सुन्दरबजार नगरपालिका, राइनस नगरपालिका रहेका छन् भने गाउँपालिकातर्फ मर्स्याङ्दी गाउँपालिका र दोदी गाउँपालिकामा भूमिहीन दलित तथा सुकुम्बासीको लगत संकलन भइसकेको राष्ट्रिय भूमि आयोग लमजुङका अध्यक्ष दामदोर अधिकारीले बताए । उनकाअनुसार जिल्लामा बाँकी रहेको अन्य नगरपालिका जस्तै बेसिशहर नगरपालिका, मध्य नेपाल नगरपालिकाको लगत संकलन उठाउन बाँकी छ।

यस्तै गाउँपालिका तर्फ क्वहोलासोथर गाउँपालिका र दुधपोखरी गाउँपालिकाको लगत संकलन उठाउन बाँकी भएकाले भूमिहीन दलित तथा सुकुम्बासीका लागि निवेदन दिन बेसिशहर नगरपालिकाले ३५ दिने सूचना प्रकाशन गरेको हो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);