बिक्रम पाण्डेलार्इ लाग्यो झट्काः प्रचण्डलाई भोट माग्दै पाण्डेका सारथि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, १८ मंसिर । चितवनको माडीमा भएको सभामा राप्रपा प्रजातान्त्रिकका महामन्त्री तथा उद्योग राज्यमन्त्री रेशम लामाले पूर्वप्रभानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि भोट मागेका छन् । ‘म पनि पाण्डेजस्तै ठेकेदार हुँ, देशको विकास गर्न पाण्डे होइन, प्रचण्ड चाहिन्छ,’ लामाले भने, ‘विक्रम पाण्डे ठेकेदार हुन्, नेतृत्व लिन सक्दैनन् ।’

दुई धु्रवमा बाँडिएको गठबन्धनमध्ये आफूले देशको आवश्यकताअनुसार वाम गठबन्धन रोजेको र प्रचारमा लागेको उनले बताए । सो अवसरमा राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्य विनीता सिंह ठकुरी, राप्रपा प्रजातान्त्रिकनिकट दलित संगठनका जिल्ला सदस्य दिलीप विक, कांगे्रस क्षेत्रीय समिति सदस्य प्रमोद पोखरेललगायत वाम गठबन्धनमा प्रवेश गरेका छन्। – नयाँ पत्रिका दैनिकबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);