महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा पाँच जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा पाँच जना घाइते

महोत्तरी। महोत्तरीको मनरासिस्वा नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । शनिबार जलेश्वरबाट सम्सीतर्फ जाँदै गरेको प्रदेश २-०३-०१९ प ११११ नं.को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २-०२-००३ प ६७७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा पाँच जना घाइते भएका हुन् ।

घाइते हुनेमा प्रदेश २-०३-०१९ प ११११ नम्बरको मोटरसाइकल चालक जिल्ला सर्लाही बरहथवा नगरपालिका- १६ का ३५ वर्षीय हरी शंकर यादव र सोही मोटरसाइकल पछाडि सवार उनकी श्रीमती २५ वर्षिया सृजना यादव घाइते भएका प्रहरीले जनाएको छ। त्यस्तै प्रदेश २-०२-००३ प ६७७ नम्बरको मोटरसाइकल चालक महोत्तरी गाँउपालिका २ का २२ वर्षीय विजय यादव, पछाडि सवार उनकी श्रीमती वर्ष २१ की सुनिता र २ वर्षीया छोरी सोनी रहेका प्रहरीले जनाएको छ।

घाइते पाँचै जनाको प्रदेशिक अस्पताल जलेश्वरमा सामान्य उपचारपश्चात् थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);