यी हुन् सलमान रुस्दीका आक्रमणकारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८३, मंगलबार

यी हुन् सलमान रुस्दीका आक्रमणकारी

एजेन्सी। शुक्रबार न्युयोर्क राज्यमा एउटा साहित्यिक कार्यक्रममा चक्कु हमलापछि गम्भीर घाइते भएका चर्चित उपन्यासकार सलमान रुस्दीको आँखाको शल्यक्रिया भइरहेको छ । उनले एउटा आँखा गुमाउन सक्ने अनुमान गरिएको छ । आक्रमणकारीको पहिचान खुलेको छ । प्रहरीका अनुसार न्यु जर्सीका २४ हाडी मटरले रुस्दीलाई चक्कु प्रहार गरेका थिए ।

माटरको सामाजिक सञ्जालको प्रारम्भिक समीक्षामा उनी सिया अतिवाद र इरानको इस्लामिक रिभोलुसनरी गार्ड (आइआजीसी)प्रति सहानुभूति देखाएको जनाइएको छ । मटर र आइजीसीबीच कुनै सीधा सम्बन्ध नभए पनि अन्वेषकहरूले उनको सेल फोन मेसेजिङ एपमा सन् २०२० मा मारिएका इरानी कमाण्डर कासिम सुलेमानीको तस्बिरहरू फेला पारेको जनाइएको छ ।  रुस्दी सहभागी स्टेजमा मटर अकस्मात उफ्रिएर उनको गर्धनमा कयौँ पटक चक्कु प्रहार गरेका थिए । मटर एक्लैले उक्त हमला गरेको प्रहरीको भनाई छ ।
माटरको राष्ट्रियता र उनको आपराधिक रेकर्डबारे अमेरिकी अधिकारीहरुले अध्ययन गरिरहेका प्राप्त विवरणमा जनाइएको छ ।

Leave a Reply