वालिङमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८३, सोमबार

वालिङमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु 

स्याङ्जा। स्याङ्जाको वालिङ नगरपालिका–१३ गाहाखोलामा आज बिहान स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा वालिङ नगरपालिका–९ भुम्रेका ५५ वर्षीय बसन्त श्रेष्ठ रहेका छन् । गाहाखोलाबाट आँधीखोला जाने क्रममा ग १६ प ५४६१ नम्बरको स्कुटर आज बिहान ७ बजे दुर्घटना भएको हो। श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी थुमपोखरा स्याङ्जाले जनाएको छ।

Leave a Reply

ताजा समाचार