पोखरामा स्कुटर दुर्घटना, चालकको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

पोखरामा स्कुटर दुर्घटना, चालकको मृत्यु 

कास्की । कास्कीको पोखरा महानगरपालिका–२७ विजयपुरमा बिहीबार सवारी दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ । सोही घटनामा पैदलयात्री एक जना महिला घाइते भएकी छिन् ।

ग २२ प ००७ नम्बरको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएर ग १ क ९९६ नम्बरको स्कुल बसमा ठोकिएको थियो । दुर्घटनामा स्कुटर चालक पोखरा महानगरपालिका–१४ चाउथे बस्ने १९ वर्षिय किस्मत वाग्लेको मृत्यु भएको प्रहरीले जनाएको छ । 

गम्भिर घाइते उनलाई उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । पैदलयात्री महिला भने उपचार पस्चात डिस्चार्ज भइरसकेकी छिन् । दुबै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);