काठमाडौं । पद्या ग्रुपद्वारा प्रशारित माउण्टेन टेलिभिजनले आइतवारदेखि क्षेत्रीय अवधारणा अनुरुप मध्यपश्चिम क्षेत्रीय प्रसारण केन्द्र नेपालगञ्जवाट प्रत्यक्ष प्रसारण आरम्भ गरेको छ ।
सो क्रममा नेपालगञ्जस्थित माउण्टेन टेलिभिजनको आफ्नै स्टुडियोबाट आइतवार राति ९ बजे माउण्टेन फोकस कार्यक्रम प्रसारण गरेको थियो ।
यसरी नेपालको टेलिभिजन ईतिहासमा पहिलोपटक क्षेत्रीय प्रसारण केन्द्रवाट कार्यक्रम प्रसारण शुभारम्भ गरेर माउण्टेन टेलिभिजले फरक प्रस्तुती दिएको छ ।
गाउँ घरको विकास र दुर दराजमा रहेका समस्यालाइ उजागार गर्ने लक्ष्य सहित शुरु भएको क्षेत्रीय प्रसारणले नेपाली टेलिभिजन इतिहासमै फड्को मारेको छ ।
केही समयमै पोखरा, धनगढी, बिराटनगर र वीरगञ्जबाट पनि क्षेत्रीय प्रशारण आरम्भ हुने छ ।




