पार्कको आज अन्तिम सुनुवाई, के होला महाअभियोग ? | ईमाउण्टेन समाचार

Our Network

माघ ५ २०८१, शनिबार

पार्कको आज अन्तिम सुनुवाई, के होला महाअभियोग ?

दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्युन हे माथिको महाअभियोगका बारेमा आज अन्तिम सुनुवाई हुँदै, सुनुवाईमा पार्क भने सहभागि नहुने

पार्कको आज अन्तिम सुनुवाई

काठमाडौं । दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्युन हे माथिको महाअभियोगका बारेमा आज अन्तिम सुनुवाई हुँदै छ ।

दक्षिण कोरियाको संवैधानिक अदालतद्वारा आज गरिने उहाँमाथिको महाअभियोगका विषयमा हुने अन्तिम सुनुवाईमा पार्क भने उपस्थित नहुने बताउनुभएको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् । अदालतले महाभियोग लगाइएका दक्षिण कोरियाली नेतालाई प्रतिवादीका रुपमा अन्तिम बचाउका लागि उपस्थित हुने वा नहुने विषयमा जानकारी दिन आइतबारसम्मको समय दिएको थियो । सन् २०१६ को डिसेम्बर ९ मा दक्षिण कोरियाली संसदले राष्ट्रपति हे विरुद्ध महाअभियोग विधेयक पास गरेको थियो । सो विषय अहिले अदालतमा विचाराधिन अवस्थामा छ । अदालतले मार्च १३ को आसपासमा उहाँको महाअभियोग विधेयकका सम्बन्धमा अन्तिम फैसला दिने अपेक्षा गरिएको छ । स्मरणीय कुरा के छ भने मार्च १३ मा नै यहाँका कार्यवाहक प्रधानन्यायाधीशले अवकाश पाउँदै हुनुहुन्छ । महाअभियोगसम्बन्धी प्रस्ताव सदर हुनका लागि सर्वोच्च अदालतका बाँकी आठ न्यायाधीशमध्ये छ जनाले समर्थन गर्नुपर्ने हुन्छ । समाचारमा जनाइएअनुसार थप एक न्यायाधीशको अवकाशले अदालतको फैसलाको वैधतामा ‘खतरा’ हुने देखिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);