चोलेन्द्र शमशेरविरुद्धको महाअभियोग विषयमा सिफारिस समितिमा छलफल सुरु | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०७९, बिहीबार

चोलेन्द्र शमशेरविरुद्धको महाअभियोग विषयमा सिफारिस समितिमा छलफल सुरु

Cholendra jabara

काठमाडौ। निलम्बित प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबराविरुद्ध लागेको महाअभियोगको विषयमा सिफारिस समिति छलफल सुरु भएको छ। जबरासँगको सुनुवाई र उनले पोलेका व्यक्तिहरूसँगको बयानपछि आज समितिको बैठक बसेको हो।

बैठकले जबरामाथि महाअभियोग लगाउने वा नलगाउने निर्णय गर्ने समितिका सदस्यहरूले बताए । शनिबार बिहान सिफारिस समितिले जबरालाई पूरक प्रश्न सोधेको थियो । त्यसपछि समितिका सदस्यहरूलाई समितिको सचिवालयले तयार पारेको प्रतिवेदनको मस्यौदा बुझाएको थियो । अबको बैठकले उक्त प्रतिवेदनलाई अन्तिम रुप दिनेछ।

निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल शनिबार राति १२ बजेपति सकिने भनेकाले सिफारिस समितिले आजै सभामुखलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ।

Leave a Reply