महाअभियोग सिफारिस समिति बैठक : जबराले सांसदलाई डेढ कुरे, बयान सुरु  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

महाअभियोग सिफारिस समिति बैठक : जबराले सांसदलाई डेढ कुरे, बयान सुरु 

काठमाडौं। निलिम्बत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा डेढ घण्टादेखि महाअभियोग सिफारिस समितिका सदस्य कुरेका छन् । समितिले बयानका लागि डाकेपछि सिंहदरवारस्थित महाअभियोग सिफारिस समितिको कार्यालय पुगेका जबरा डेढ घण्टादेखि सांसद कुरेर बसेका हुन् । बयानका लागि ११ बजे बोलाएका समिति सदस्य सांसदहरु नआउँदा जबरा उनीहरुलाई पर्खेर बस्नुपरेको हो। गत १ फागुनमा जबराविरुद्ध सत्तारुढ दलका सांसदले महाभियोग प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका छन् । जसअनुसार प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले बयानका लागि उनलाई बोलाएको हो । तर, समिति सदस्य नै समयमा नआएपछि जबरा कुरेर बस्न बाध्य भएका हुन् । बैठक भर्खरै सुरु भएको छ।

जबरालाई सोध्न ४३ वटा प्रश्न तयार पारेको समितिको बुधबार ढिलोगरी बैठक सुरु भएको हो । साे बैठकमा जबराकाे बयान पनि सुरु भएकाे छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);