अलकायदा नेता मारिएपछि अमेरिकाले जारी गर्‍यो अलर्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अलकायदा नेता मारिएपछि अमेरिकाले जारी गर्‍यो अलर्ट

वासिंगटन। अल कायदा प्रमुख अयमान अल जवाहिरीको मृत्युपछि अमेरिकाले विश्वभर अलर्ट जारी गरेको छ। जवाहिरीको मृत्युपछि अमेरिकी नागरिक र ‘फेसिलिटी’मा हमला गर्न सक्ने भन्दै विदेश मन्त्रालयले यस्तो अलर्ट जारी गरेको हो ।

अल–जवाहिरीको मृत्युपछि अल–कायदा वा यससँग सम्बद्ध आतंकवादी संगठनका समर्थकहरूले अमेरिकी सुविधा, कर्मचारी वा नागरिकहरूमाथि आक्रमण गर्न सक्छन् । आतंकवादी हमलाहरू प्रायः चेतावनी बिना नै हुने भएकोले अमेरिकी नागरिकहरूलाई उच्च स्तरको सतर्कता कायम राख्न र विदेश यात्रा गर्दा राम्रो अभ्यास गर्न प्रोत्साहन गरिन्छ’ चेतावनीमा भनिएको छ । जवाहिरीे अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी सेनाको हवाई हमलामा मारिएका थिए  । इजिप्टका नागरिक जवाहिरी संसारको सबैभन्दा कुख्यात आतंकवादीमध्ये एक थिए । उनी अमेरिकामा सेप्टेम्बर ११को हमलाका मास्टरमाइन्ड रहेको अमेरिकाले दाबी गर्दै आएको थियो । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकी ट्वीन टावरमा भएका आत्मघाती हमलामा करिब ३ हजार जनाको ज्यान गएको थियो । सन् २०११ मा पाकिस्तानमा ओसामा बिन लादेन मारिएपछि उनी फरार थिए । त्यसपछि उनले अलकायदा समूहलाई हाँकेका थिए । अमेरिकाले उनको टाउकोको मूल्य २५ मिलियन डलर इनाम तोकेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);