अबको प्रधानमन्त्री आफू नै बन्ने बामदेव गौतमको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अबको प्रधानमन्त्री आफू नै बन्ने बामदेव गौतमको दाबी

बर्दिया, १६ मंसिर । नेकपा एमालेका उपाध्यक्ष एवम् बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बामदेव गौतमले अबको प्रधानमन्त्री आफू नै बन्ने दाबी गरेका छन् ।

आफूलाई प्रधानमन्त्रीको दाबी गर्दै आएका गौतमलेएक चुनावी साक्षात्कारमा बोल्दै आफू जत्तिको नैतिक रुपमा बलियो उम्मेदवार एमाले र माओवादीभित्रसमेत नरहेको जिकिर गरेका छन् ।

केन्द्रमा माओवादीसँग गठबन्धन भए पनि तल्लो तहमा माओवादीका कार्यकर्ताले एमालेलाई मतदान गर्दैनन भन्नु गलत प्रचारमात्रै भएको टिप्पणी गरे ।

कम्युनिष्टलाई आरोप लगाएर कांग्रेस नै अधिनायकवाद तिर गइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता विपरित काम गरिरहेका छन् । आयोगलाई टेरेका छैनन् । यही हो अधिनायकवाद । तर जनताले अहिले उल्ट्याउँदै छन् । कांग्रेस अहिले पागल भएको छ ।

उनले वाम गठबन्धनले दुई तिहाई मत ल्याएर जित्ने दाबी समेत गरेका छन्।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);