बैतडीमा अव्यवस्थित विद्युत् खम्बाहरूबाट बढ्यो दुर्घटनाको जोखिम   | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

बैतडीमा अव्यवस्थित विद्युत् खम्बाहरूबाट बढ्यो दुर्घटनाको जोखिम  

बैतडी। बैतडीमा करिब ४५ प्रतिशत भू–भागमा विद्युतसेवा विस्तार भएको छ । बाँकी क्षेत्रमा विद्युत् विस्तारको काम भइरहेको छ । विद्युत् विस्तार भएका अधिकांश ठाउँमा राष्ट्रिय प्रशारण लाइनको विद्युत् पुगेको हो।

विद्युत् पुगे पनि विद्युत् पुर्याउने कार्य परिपक्क नहुँदा धेरै ठाउँमा दुर्घटनाको जोखिम बढेको छ । विद्युत् विस्तारका बखत ठेकेदारले पोलहरू राम्रोसँग नगाड्ने तथा तारहरू परिपक्क तवरले नतान्ने गरेका कारण यो समस्या देखिएको हो । विद्युत् विस्तारमा ठेकेदारले ठुलो लापरबाही गरेकाले दुर्घटनाको जोखिम बढेको मेलौली नगरपालिका–७ का केशवसिंह भाटले बताए । उनले भने, ‘विद्युतका खम्बाहरू ५फिट बढी गाड्नुपर्नेमा सडक खनेको माटोमा दुई फिट मात्रै गाडेको छ । न सपोट तार परिपक्क तवरले हालेको छ, नत तारको जडान परिपक्क छ । जसले गर्दा ठाउँठाउँमा खम्बाहरू ढलेकाछन् र तारहरू लथालिंग छन् ।’मेलौलीमा मात्रै नभई सिगासका लागि लगिएको लाइन पनि जाखिमपूर्ण छ । सडक छेउमा गाडिएका अधिकांश खम्बाहरू ढलेका छन् । आधा ढलेका खम्बाहरूबाटै विद्युत् प्रशारण भइरहेको छ । खोड्पे–बिन्द्रावन सडकमामा करिव एक दर्जन खम्बाहरू आधा ढलेर बांगो भएका छन् भने सपोट तारहरू टुटिसकेकाले दुर्घटनाको जोखिम बढेको छ । मेलौली–पञ्चेश्वर लाइन विस्तारका लागि दुई वर्षअघि बझाङका ठेकेदार भानुभक्त जोशीको ठेक्का भएको थियो । उक्त ठेक्काको म्याद थप गर्दा पनि ठेकेदाले काम सम्पन्न नगर्दा विद्युत् सामग्रीसमेत सडक किनारमै अलपत्र छन् भने केही सामग्री हराइसकेका छन्।

मेलौली–पञ्चेश्वर विद्युत् विस्तार गर्ने ठेकेदारले काम राम्रो नगरेकाले विद्युत् प्राधिकरण प्रदेश कार्यालयले पुनः ठेक्का आह्वान गरेको शाखा कार्यालय बैतडीका प्रमुख पवन भट्टले बताए।

जिल्लाका अन्य ठाउँहरूमा विद्युत् सेवा अवरुद्ध भएको जानकारी पाएमा आफुहरूले बनाउने गरेको उनले बताए । ठेकेदारले विद्युत् विस्तारमा लापरबाही गरेमा कारबाही गरिने उनको भनाइ छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);