पोखरा, १५ मंसिर । नेपाली काँग्रेसका नेता देवराज चालिसेले एमाले अध्यक्ष केपी ओलीलाई सम्हालिएर बोल्न भनेका छन् । पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अरुलाई गाली गरेर राजनीति गर्ने दिन सकिएको भन्दै मर्यादा बस्न ओलीलाई चेतावनी दिएका छन्।
“पूर्वप्रधानमन्त्री जस्तो मान्छेसँग बोल्दा मर्यादा हुनुपर्छ। मुखमा जे आयो त्यही बोल्नु हुँदैन, कुहिनोले पहरोमा हान्दा ओलीजी तपाईँकै हात भाँचिएला, होसियार हुनुस्। बोल्न आउँदैन भने ३ कक्षा भर्ना हुनुस्” नेता चालिसेले भने। उनले बाम गबठन्धन पुरातनबादी भएको बताउँदै जनतालाई दास बनाउनका लागि नेकपा एमाले र माओवादी केन्द्रले गठबन्धन गरेको आरोप समेत लगाए।
“आफ्ना छोराछोरी पढाउन अमेरिका बेलायत र जापान पठाउने। उनीहरुलाई छोराछोरीका लागि प्रजातन्त्रबादी मुलुक चाहिने तर नेपाललाई उत्तर कोरिया बनाउने ?” सभलाई सम्बोधन गर्दै चालिसेले प्रश्न गरे।