द्रौपदी मुर्मुले लिइन राष्ट्रपतिको सपथ | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८२, शुक्रबार

द्रौपदी मुर्मुले लिइन राष्ट्रपतिको सपथ

नयाँ दिल्ली। द्रौपदी मुर्मुले पद तथा गोपनियताको सपथ लिएका छन्।उनलाई प्रधानन्यायाधीश एनभी रमानाले सोमबार आयोजित विशेष समारोहमा पद तथा गोपनियताको सपथ खुवाएका हुन्।

सपथ समारोहमा पूर्व राष्ट्रपति रामनाथ कोविन्द, निवर्तमान उपराष्ट्रपति एम वेंकैया नायडू, प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस अध्यक्ष सोनिया गान्धी उपस्थित थिए।
कार्यक्रममा मुर्मुको गृहराज्य ओडिसाका मुख्यमन्त्री नवीन पटनायक लोकसभा अध्यक्ष ओम बिर्ला र विभिन्न दलका सांसदहरूको उपस्थिति थियो।

६४ वर्षीय मुर्मु भारतको दोस्रो महिला र आदिवासी समुदायको पहिलो राष्ट्रपति हुन् । उनी भारतका १५औँ राष्ट्रपति हुन्।

Leave a Reply