भक्तपुर । भक्तपुर– १ इवामुरा अस्पताल नजिकै रहेको सल्लाघारीमा रुख ढलेर बस र स्कुटर च्याप्दा १५ जना घाईते बनेका छन् भने ३ जनाको अवस्था गम्भिर अवस्थामा रहेको छ । अचानक १२ बजेर १५ मिनेट जाँदा रुख सडक तिर ढल्दा बा २ ख ३५८४ नम्बरको मिनिबस र बा ६१ प ३९७८ नम्बरको स्कुटर च्यापिएको जिल्ला प्रहरी कर्यालय भक्तपुरले जनाएको छ । दुर्घटनामा परि १५ जना घाइते बनको र ३ जनाको अवस्था गम्भिर रहेको जिप्रका भक्तपुरले जनाएको छ । घाइतेहरुलाई घटना स्थलबाट उद्दार गरि नजिकैका अस्पतालहरुमा उपचारका लागि पठाईएको जिल्ला प्रहरी कर्यालय भक्तपुरले जनाएको छ ।