कृष्णले विश्व एथलेटिक्समा खेल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कृष्णले विश्व एथलेटिक्समा खेल्ने

काठमाडौं। विश्व एथलेटिक्स च्याम्पियनसिपमा धावक कृष्ण बस्नेतले प्रतिस्पर्धा गर्ने भएका छन् । जुलाई १५ देखि २४ तारिखसम्म अमेरिकाको पोर्टल्यान्डमा हुने प्रतियोगिताको म्याराथनमा कृष्णले प्रतिस्पर्धा गर्ने नेपाल एथलेटिक्स संघले जनाएको छ।

उनीसहितको ३ सदस्यीय टोली मंगलबार पोर्टल्यान्ड प्रस्थान गर्दै छ । व्यवस्थापकमा नेपाल एथलेटिक्स संघका महासचिव धनवीर चौधरी तथा अफिसियलमा सचिव आरके विष्ट रहेका छन् ।  टोलीलाई एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले सोमबार एक कार्यक्रमबीच बिदाइ गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);