सूदुरपश्चिममा बजेट संशोधनको प्रतिबद्धता नआएसम्म छलफलमै नबस्ने सत्तारुढ दलकै चेतावनी   | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सूदुरपश्चिममा बजेट संशोधनको प्रतिबद्धता नआएसम्म छलफलमै नबस्ने सत्तारुढ दलकै चेतावनी  

धनगढी । सूदुरपश्चिम सरकारले ल्याएको बजेट अपारदर्शी, असन्तुलित र बजेटको सामान्य सिद्धान्तलाई समेत नसमेटेको भन्दै सत्तारुढ दलकै सांसदहरूले विरोध गरेका छन् । बजेटलाई संशोधन नगरेसम्म संसदमा छलफलनै अघि नबढाउने उनीहरूको चेतावनी छ ।

सत्तारुढ दलका सांसद एवं सरकारका सामाजिक विकासमन्त्री गोविन्द बोहोराले नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले एकतर्फी रुपमा बजेट ल्याएको आरोप लगाए । उनका साथै सामाजिक राज्यमन्त्री टेकबहादुर रौकाले पनि बजेट सुधार नगरी छलफल अघि नबढ्ने बताएका छन् । सरकारमा सामेल नेकपा माओवादी केन्द्रबाहेक सत्तारुढ कांग्रेस र नेकपा एकीकृत समाजवादीले समेत बजेटको विरोद्ध गर्दै आएका छन् ।

बजेटमाथि छलफल गर्नेगरी आज बिहान ८ बजेका लागि संसद बेलाइएको थियो । तर, सत्तारुढ दलाहरूबीचकै असमझदारीका कारण स्थगित भएको छ । अहिले ३ बजेका लागि फेरी संसद बोलाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);