काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकस्थल सानेपाअघि शेखर कोइराला पक्षधर कांग्रेस कार्यकर्ताको विरोध प्रदर्शन र नाराबाजी जारी राखेका छन् । सो क्रममा बैठकका लागि पुगेका प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा चढेको गाडीमा कांग्रेस कार्यकर्ताले अवरोध पुर्याएका छन् । प्रधानमन्त्री, मन्त्री र पदाधिकारीको गाडीमा अवरोध पुर्याउन खोज्दा प्रहरीले बल प्रयोग गर्दा ठेलमठेलसमेत भएको थियो । पार्टीका भ्रातृ संगठनहरूमा सभापति देउवाले एकलौटी गरेको भन्दै शेखर पक्षधर कांग्रेस कार्यकर्ताले विरोध जनाएका हुन् । भ्रातृ संस्थाको तत्काल वैधानिक पूर्णता मागसहित नेविसंघ, तरुण दललगायतका युवाहरू विरोध प्रदर्शन गरिरहेका छन् । भ्रातृ संगठनलाई जीवित गर्न र पार्टीको विधान लागू गर्न उनीहररूको मुख्य माग छ ।
कांग्रेसको केन्द्रीय समिति बैठकस्थल कांग्रेस कार्यकर्ताको विरोध प्रदर्शन
ताजा समाचार
प्रतिनिधिसभाको बैठक बस्दै
७ घन्टा अघि
प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीसँग संवाद गर्दै
७ घन्टा अघि