समानुपातिकमा अलमलिए मतदाता: यसकारण धेरै मत बदर हुनसक्छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौँ, १४ मंसिर । गत १० मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समानुपातिकतर्फ मतदानका क्रममा मतदाता अलमलिएका छन् । विशेष गरेर वाम गठबन्धन दलको समानुपातिक चुनाव चिह्नमा मतदानका क्रममा मतदाता अलमलिएसँगै प्रत्यक्षको तुलनामा समानुपातिकतर्फ मत बदर बढी हुने देखिएको छ।

मतदाता शिक्षाको अभाव र दलहरूले गठबन्धन बनाएर निर्वाचनमा होमिएको तर निर्वाचन चिह्न र मतदान गर्ने तरिकाबारे मतदातालाई समयमा नसिकाउँदा उनीहरू निर्वाचनमा अलमलमा परेका हुन् ।  वाम गठबन्धन दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रलगायतले प्रत्यक्षतर्फ साझा उम्मेदवार बनाएर निर्वाचनमा सहभागी भए पनि समानुपातिकमा भने दुवै दलले आ–आफ्नो चुनाव चिह्न लिएर चुनाव लडेका थिए।

प्रत्यक्षतर्फ साझा उम्मेदवारी दिएर निर्वाचनमा होमिएका दलहरूले आफ्नो दललाई मात्र भोट माग्न प्राविधिक समस्यासमेत थपिएको थियो । गठबन्धनका कारण एमाले र माओवादी केन्द्रले समानुपातिकतर्फ भोट माग्दा वाम गठबन्धनका नाममा माग्ने गरे पनि मतदान गर्ने तरिकाबारे भने चासो दिएका थिएनन् ।

दलहरूले मतपत्रबारे आवश्यक शिक्षा नदिनु र निर्वाचन आयोगले खटाएका कर्मचारीसमेत सबै स्थानमा पुगेर मतदाता शिक्षा दिन नसक्दा मतदातामा भने अलमल देखिएको हो ।

वाम तालमेल गरेर एमाले र माओवादी केन्द्र निर्वाचनमा सहभागी भए पनि आ–आफ्नै चुनाव चिह्न हुँदा लोकतान्त्रिक गठबन्धनलाई भने फाइदा पुग्ने देखिएको छ । मतदातालाई मतदान गर्ने तरिकाबारे शिक्षा दिन नसक्दा वाम गठबन्धनको धेरै मत बिग्रिने देखिएकाले त्यसको प्रत्यक्ष फाइदा नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई पुग्ने भएको छ। – राजधानी दैनिकबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);