नागरिकता वितरणको बाधा हटाउन विधेयक फिर्ता लिएको, अर्काे विधेयक आजै तयार हुन्छ : गृहमन्त्री  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नागरिकता वितरणको बाधा हटाउन विधेयक फिर्ता लिएको, अर्काे विधेयक आजै तयार हुन्छ : गृहमन्त्री 

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक वितरणमा देखिएको बाधा हटाउन ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५” लाई फिर्ता लिन खोजेको प्रष्टीकरण दिएका छन् । प्रतिनिधिसभामा गृहमन्त्री खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५” लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका छन् । उक्त प्रस्तावमाथि उठेका प्रश्न र विरोधको प्रस्तावमाथि जवाफ दिँदै उनले नागरिकता वितरणमा देखिएको बाधा हटाउन फिर्ता लिनुपरेको बताएका हुन् । साथै आजै बस्ने मन्त्रिपरिषद् बैठकले अर्काे नागरिकता विधेयक ल्याउने जानकारी दिँदै उनले सरकार कोही पनि नागरिक नागरिकताबाट बन्चित हुन नपरोस् भन्नेमा सचेत रहेको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);