नागरिकता विधेयक विधायन समितिमा पठाउने प्रस्ताव  | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८३, बिहीबार

नागरिकता विधेयक विधायन समितिमा पठाउने प्रस्ताव 

काठमाडौं। राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरिँदै छ ।  आइतबारको दोस्रो राष्ट्रिय सभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयकलाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।

प्रमाणीकरणका लागि आएको नेपाल नागरिकता (पहिलो संशोधन) २०७९ विधेयकका केही विषयमा सुझाव र सन्देशसहित राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संघीय संसदमै फिर्ता पठाएकी छिन् ।

Leave a Reply