'बजेट मन्त्रीको सेरोफेरोमा राख्ने, जनताले स्वच्छ पानी कसरी पाउने ?'  | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८१, मंगलबार

‘बजेट मन्त्रीको सेरोफेरोमा राख्ने, जनताले स्वच्छ पानी कसरी पाउने ?’ 

काठमाडौं। कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले तराई मधेशका जनता आर्सेनिकयुक्त पानी पिउन बाध्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । जनता आर्सेनिकयुक्त पानी पिउन बाध्य भए पनि सरकारले स्वच्छ पानी उपलब्ध गराउने विषयमा प्रभावकारी काम गर्न नसकेको आरोप लगाए ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा उनले विधेयक र कार्यक्रमबारे छलफल भए पनि कार्यान्वयन नहुँदा जनताले स्वच्च्छ पानी नपाएको गुनासो गरे । कार्यक्रम छुट्टयाए पनि बजेट विनियोजन नहुँदा स्वच्छ खानेपानी जनताले नपाएको सांसद तिमल्सिनाको भनाइ छ । मन्त्री र प्रधानमन्त्रीको वरिपरि बजेट सीमित गरिँदा अन्यत्रको परेका कार्यक्रम कार्यान्वयन हुन नसकेको उनले बताए । ‘जनताले स्वच्छ पानी त खान पाउनु पर्‍यो नि । पानी पनि स्वच्छ खान पाइएको छैन । विगतको सरकार, अहिलेको सरकार, विधेयकहरु आउँछ, कुराहरु आउँछ । तर कार्यान्वयन पक्ष छैन,’ उनले भने, ‘मलाई स्मरण छ, बलबहादुर राईले खानेपानी मन्त्रालय हेर्दा, २०५१ सालमा सुरु भएको सिँधुरेघारी खानेपानी योजना अहिलेसम्म सञ्चालनमा आएको छैन । बजेट छैन, बजेट त जो मन्त्री हुन्छन्, उनकै सेरोफेरोमा बजेट राख्ने, अनि स्वच्छ पानी कहाँबाट खाने ? बजेट छुट्टयाइनुपर्‍यो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);