धवनको कप्तानीमा वेष्ट इन्डिजविरुद्ध भारतीय टिम घोषणा  | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८२, मंगलबार

धवनको कप्तानीमा वेष्ट इन्डिजविरुद्ध भारतीय टिम घोषणा 

काठमाडौं। वेष्ट इन्डिजविरुद्ध हुने एकदिवसीय (ओडीआई) श्रृंखलाका लागि भारतीय क्रिकेट टिम घोषणा भएको छ । अल इन्डिया सिनियर सेलेक्सन कमिटीले तीन एकदिवसीय खेलका लागि शिखर धवनको कप्तानीमा १६ सदस्यीय टिम घोषणा गरेको हो । ट्रिनीडाडमा हुने खेलका लागि रविन्द्र जडेजालाई उपकप्तानीको जिम्मेवारी दिएको छ। भारतले २२, २४ र २७ जुलाईमा तीन खेल खेल्नेछ। हालै, भारतले इंग्ल्यान्डविरुद्धको टेष्ट श्रृंखला गुमाएको थियो।

भारतीय टिमः शिखर धवन(कप्तान), ऋतुराज गायकवाड, शुभमन गिल, दीपक होडा, श्रेयस एयर, सूर्यकुमार यादव, इशान किशन (विकेटकिपर), सन्जु सामसन (विकेटकिपर), रविन्द्र जडेजा (उपकप्तान), युजभेन्द्र चाहल, सार्दुल ठाकुर, अक्षर पटेल, आवेश खान,प्रसिद्ध कृष्णा,मोहम्मद सिराज र अर्शदिप सिंह।

Leave a Reply