अर्थमन्त्री शर्माले राजीनामा नदिएसम्म उनको कुरा सुन्दैनौं : भट्टराई  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अर्थमन्त्री शर्माले राजीनामा नदिएसम्म उनको कुरा सुन्दैनौं : भट्टराई 

काठमाडौं। नेकपा एमालेका सचिव योगेश भट्टराईले अर्थमन्त्री जनार्जन शर्मालाई तत्काल राजीनामा गर्न लगाउनु पर्ने वा बर्खास्ती गर्नु पर्ने बताएका छन् । अर्थमन्त्री रहेकै अवस्थमा उनीमाथि समितिले छानबिन गर्न नसक्ने बताएका छन् । संसद बैठकमा नेता भट्टराईले छानबिन समितिले उनीमाथि अब छानबिन गर्ने नभएर उनले गरेको हरकतमाथि छानबिन गर्ने बताए । उनले फौजदारी अपराध गरिसकेको र उनीमाथि भन्दा पनि उनको अपराधमाछि छानबिन हुने उनको भनाइ छ ।  उनले भने, ‘यसकारण पहिला अर्थमन्त्रीबाट राजीनामा दिनुहोस् । अर्थमन्त्रीको हैसियतको पदमा संसदमा अब बोल्न पाउँदैनन् । सांसदको हैसियतले मात्रै बोल्ने हो । उनकै कारण अर्थमन्त्रालय दिशाविहीन भयो । अर्थसचिब उहाँकै कारण बिदामा बस्नु भएको छ । छानबिन समितिले अब उहाँसँग बयान लिन्छ ।’

अर्थमन्त्रीको हैसियतले संसदमा बोल्न नपाउने उनको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);