जनार्दन शर्माले आजै अर्थमन्त्रीको सपथ लिनेसक्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

जनार्दन शर्माले आजै अर्थमन्त्रीको सपथ लिनेसक्ने

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पुनः अर्थमन्त्रीको सपथ लिने भएका छन् । पार्टीमा छलफल गरेर नेकपा माओवादी न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै शर्माको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउँने तयारी गरेको माओवादी केन्द्रका एक नेताले इमाउण्टेन टिभीलाई जानकारी दिएका छन् । प्रचण्डले प्रधानमन्त्री देउवा संग नाम पठाए पछि प्रधानमन्त्रीले शर्मालाई पुन अर्थमन्त्री बनाउन शर्माको नाम शितल निवास पठाएपछि राष्ट्रपतिबाट आजै उनले पद तथा गोपनियताको सपथ लिनेछन्।

आर्थिक वर्ष २०७९्०८० को बजेट पेश गर्ने अघिल्लो दिन करका दर हेरफेर गराउन अनाधिकृत व्यक्ति ल्याएको भन्ने आरोप लागेपछि तत्कालीन अर्थमन्त्री शर्माले असार २२ गते पदबाट राजीनामा दिएका थिए। सोही दिन उनीमाथि छानबिन गर्न संसदीय विशेष समिति बनेको थियो। शर्माको बिषयमा समितीमा रहेका सदस्यहरुको मत समेत विभाजन भएको थियो । समितिले शुक्रबार आफ्नो प्रतिवेदन बुझाएको छ। अनाधिकृत व्यक्ति प्रवेश गरेको प्रमाण नभेटिएको समितिको निष्कर्ष छ। भने समितीमा सहभागी चार जना सदस्यहरुको भने फरक मत छ । शर्मा माथिको आरोपमा अर्थमन्त्रालयले नै प्रमाण नष्ट गरेकोले सत्यतथ्य बाहिर आउन नसकेको समितीमा सहभागी फरक मत राख्ने सदस्यहरुको निकर्ष रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);