अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त

काठमाडौं । बजेट निमार्णमा अनाधिकृत व्यक्ति संलग्न गराएको अरोप लागेर संसदीय छनबिन समिति गठन भएपछि बाध्य भएर अर्थमन्त्रीबाट राजीनामा दिएका नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी अर्थमन्त्रीमा मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

छानबिन समिति गठन भएपछि तत्कालीन अर्थमन्त्री शर्माले २२ असारमा राजीनामा दिएका थिए । संसदीय छानबिन समितिले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको प्रमाण नभेटिएको प्रतिवेदन दिएपछि प्रधानमन्त्री देउवाले उनलाई पुनः अर्थमन्त्रालयको जिम्मेवारी दिएका हुन् । यध्पी नेकपा एमालेबाट छानबिन समितीमा सहभागी भएका ४ जना सदस्यहरुको मत भने फरक रहेको छ । उनीहरुले अर्थमन्त्रालयले प्रमाण नष्ट गरेको तथा पुर्ण रुपमा छानबिन समितिलाई प्रमाण उपलब्ध नगराएको उनीहरुको भनाई छ । पुनः नियुक्त भएका शर्मा लाई आज बेलुका ५ बजे राष्ट्रपती विद्यादेवी भण्डारीले सपथ ग्रहण गराउने राष्ट्रपतीको कार्यालयले जानाकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);