लुभुघाटमा बस दुर्घटना : ९ जनाको घटनास्थलमा मृत्यु, २५ घाइतेलाई उपचारकालागि धुलिखेल पठाईयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

लुभुघाटमा बस दुर्घटना : ९ जनाको घटनास्थलमा मृत्यु, २५ घाइतेलाई उपचारकालागि धुलिखेल पठाईयो

सन्दिप शर्मा,

काठमाडौं । रामेछापको सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुदाँ ९ जनाको घटना स्थलमा नै मृत्यु भएको छ । त्यसैगरी २५ जना घाइतेहरुलाई थप उपचारका लागि धुलिखेल अस्पतालमा पठाएको घटना स्थलमा उद्धारका लागि पुगेका प्रहरी निरिक्षक तेज प्रसाद कंडेलले जानाकारी दिए । हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस लुभुघाटमा मा रहेको लुभुखोला माथिको घुम्तीबाट तल खसेर दुर्घटनामा परेको थियो । बसमा ४० जना सवार रहेका थिए । अहिले घटनास्थलमा उद्धारको काम गरिरहेका छौं बस के कारणले दुद्र्धटना भएको हो भन्ने उद्धार पछि अनुसन्धान गरीने प्रहरी निरिक्षक कंडेलले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);