पेम्बाको 'विश्व रेकर्ड' सर्वोच्चबाट खारेज | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

काठमाडौं, १३ मंसिर । सबैभन्दा छोटो समयमा सगरमाथा हिमाल आरोहण गरी विश्व कीर्तिमान कायम गरेको भनिएका आरोही पेम्बा शेर्पाको कीर्तिमान सर्वोच्च अदालतले खारेज गरेको छ। सर्वोच्चका न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आठ घन्टा १० मिनेटमा सगरमाथाको चुचुरो चुमेको कुनै आधार नभएको भन्दै पेम्बाको कीर्तिमान मंगलबार खारेज गरेको हो।

मन्त्रिपरिषद्ले समेत कीर्तिमान कायम गरेको भनी निर्णय गरे पनि कुनै आधार प्रमाण नभेटिएकाले अदालतले पेम्बाको दाबी खारेज गरी लाक्पा गेलुको पक्षमा फैसला सुनाएको उनका वारेसनामा खोजिन्द्रप्रसाद घिमिरेले जानकारी दिए। सन् २००४ मे २१ मा पेम्बा दोर्जी शेर्पाले आधारशिविरदेखि चुचुरोसम्म सबैभन्दा छिटो पुगेको झुटो प्रमाण पेस गरी प्रमाणपत्र लिएको दाबीसहित लाक्पा गेलु शेर्पाले सर्वोच्चमा रिट दिएका थिए।