२६ जिल्लाका मतपेटिका सदरमुकाममा, बाँकी पनि ल्याईँदै | ईमाउण्टेन समाचार

Our Network

फागुन ३ २०८२, सोमबार

काठमाडौं, १२ मंसिर । पहिलो चरणको निर्वाचन अन्तर्गत आईतबार सम्पन्न ३२ जिल्ला मध्ये २६ जिल्लाका मतपेटिका जिल्ला सदरमुकाममा संकलन भइसकेको निर्वाचन आयोगले जनाएको छ। अब बाँकी रहेका ६ जिल्लाका ७१ मतदान स्थलका मतपेटिका सदरमुकाम ल्याउने काम भैरहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

उनका अनुसार अहिलेसम्म कूल २ हजार ९ सय १७ मतदानस्थलमध्ये संखुवासभाका ९, भोजपुरका ६, डोल्पाका २०, मुगुका १०, जाजरकोटका २५ र दार्चुलाका १ स्थल गरी जम्मा ७१ मतदान स्थलका मतपेटिका सदरमुकाममा संकलन हुने क्रममा छन्।

६ वटै जिल्लाका बाँकी मतपेटिकालाई पैदल मार्ग, सडक मार्ग र हवाई मार्गबाट ल्याउने काम भइरहेको निर्वाचन आयोगले जनाएको छ।