हृदयाघातबाट मन्त्री शिवकुमार मण्डलका अंगरक्षकको निधन | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८१, आइतबार

विराटनगर, १२ मंसिर । विनाविभागीय मन्त्री एवं वाम गठबन्धनका उम्मेदवार शिवकुमार मण्डलका अंगरक्षकको हृदयाघातबाट मृत्यु भएको छ। नेपाली सेनाका जमदार ४६ वर्षीय रामबहादुर बुढाको हृदयाघातका कारण निधन भएको चिकित्सकले बताएका छन्।

पुर्खेयौली घर दैलेख भएका बुढा बर्दबहादुर गण नागार्जुनमा कार्यरत थिए। मन्त्री मण्डलको विराटनगर १ पोखरियास्थित निवासमा सुतिरहेका वेला राति अचानक असहज महशुस गरेपछि उनलाई उपचारका लागि विराटनगर अस्पताल भर्ना गरिएको थियो।

उपचारका लागि अस्पताल पुर्‍याउनासाथ बिहानको १ः४५ बजे बुढाको मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);