पाेखराका ठाउँठाउमा पहिराे र डुबान, प्रभावितलाई सुरक्षित स्थानमा सारियो | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

पाेखराका ठाउँठाउमा पहिराे र डुबान, प्रभावितलाई सुरक्षित स्थानमा सारियो

पाेखरा। अविरल वर्षासँगै पाेखराका ठाउँठाउँमा पहिराे र बाढीले बस्ती डुवानमा परेकाे छ । शनिवार बिहानै पाेखरा २५ सुईखेतमा डेढसय घर डुवेकाे छ । पहिराे खसेर खाेला थुनिएपछि निकास राेकिएकाे छ । त्यहाँका डेढ सय घरका प्रभावितलाई सुरक्षित ठाउँमा सारिएकाे वडाध्यक्ष माेतीराज तिमिल्सिनाले जानकारी दिए ।

बस्तीसँगै ब्यावसायिक फार्महरुमा पूर्ण क्षति भएकाे उनकाे भनाई छ। यस्तै, पोखरा महानगरपालिका वडा नम्बर १६ अर्मलास्थित खाेलाखेतमा रहेको एक घर पहिरोले बगाएको छ । मानवीय क्षति भने भएकाे छैन । अन्य क्षेत्रका पनि सडक बगाएकाे छ । यातायात अबरुद्द भएकाे प्रहरीले जनाएकाे छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);