बालिकालाई भारत लैजान खोज्ने दुई जना पक्राउ  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बालिकालाई भारत लैजान खोज्ने दुई जना पक्राउ 

arrested

विराटनगर। झापा बिर्तामोड नगरपालिका बस्ने १३ वर्षीया बालिकालाई भारततर्फ लैजान खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। भारतको मजतपुर घर भई हाल जिल्ला झापा बिर्तामोड नगरपालिका वडा नम्बर ५ मूर्तिचोकमा डेरा गरी बस्ने २३ वर्षीय हिराकुमार सहनी र बारा जिल्लाको कोल्वी नगरपालिका वडा नम्बर ४ सपही बस्ने १९ वर्षकी शिरिषा सिंह महथालाई मोरङ प्रहरीले पक्राउ गरेको जनाएको छ ।उनीहरूले मोरङ विराटनगर महानगरपालिका वडा नम्बर १५ भन्सार कार्यालयको २ नम्बर ढाट सीमाक्षेत्रबाट नाबालिकालाई ललाईफकाई भारततर्फ बेचबिखन गर्न लैजादै गरेको अवस्थामा साना हात नेपाल विराटनगरको समन्वयमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

उनीहरूमाथि मोरङ जिल्ला अदालतबाट मानब वेचबिखन तथा ओसारपसार मुद्दामा दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);