पूर्णशंकर टेबल टेनिस भदौ तेस्रो साताबाट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पूर्णशंकर टेबल टेनिस भदौ तेस्रो साताबाट

काठमाडौं। पूर्णशंकर श्रेष्ठ दोस्रो देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता भदौ तेस्रो सातादेखि सुरु हुने भएको छ ।लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने पाँच दिने प्रतियोगितामा सात विधामा प्रतिस्पर्धा हुने आयोजकले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । प्रतियोगिता २१ असारबाट सुरु हुनेछ । स्पिन इभेन्ट्स प्रालिको आयोजनामा हुने प्रतियोगितामा महिला र पुरुष टिम, पुरुष एकल, महिला एकल, पुरुष भेट्रान्स एकल (४० वर्षमाथि), पुरुष भेट्रान्स एकल (५० वर्षमाथि) र पुरुष भेट्रान्स एकल (६० वर्षमाथि) मा प्रतिस्पर्धा हुनेछ ।प्रतियोगितामा शीर्ष १६ टेबल टेनिस खेलाडीबाहेक देशभरका सबै खेलाडीले सहभागिता जनाउन सक्ने अध्यक्ष सुमन शाक्यले जानकारी दिए ।प्रतियोगिताको कुल पुरस्कार राशि दुई लाख ३० हजार रुपैयाँ छ । जसमा पुरुष र महिला एकलको विजेता, उपविजेता र तेस्रो हुने दुवै खेलाडीले क्रमशः ३० हजार, १५ हजार र सात हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन्।भेट्रान्स एकल पुरुषतर्फको विजेता, उपविजेता र तेस्रो हुने दुवै खेलाडीले १० हजार, पाँच हजार र दुई हजार पाँच सय रुपैयाँबाट सम्मानित हुनेछन् ।

यस्तै, प्रतियोगिताको पदक तालिकाअनुसार शीर्ष स्थान हासिल गर्न सक्ने वडालाई ५० हजार रुपैंया र रनिङ्ग प्रदान गरिने शाक्यले बताए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);