अफगानिस्तानमा भूकम्पमा परी सयौंको ज्यान गएकोमा नेपालद्वारा दुःख व्यक्त  | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

अफगानिस्तानमा भूकम्पमा परी सयौंको ज्यान गएकोमा नेपालद्वारा दुःख व्यक्त 

काठमाडौं।नेपालले बुधबार अफगानिस्तानमा गएको भूकम्पमा परी सयौंको ज्यान गएकोमा दुःख व्यक्त गरेको छ।परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटर मार्फत अफगानिस्तानमा गएको भूकम्पमा परी सयौंको ज्यान गएकोमा दुःख व्यक्त गरेको हो। ‘विनाशकारी भूकम्पमाका कारण अफगानिस्तानमा थुप्रैको ज्यान गुमाएकोमा नेपाल दुःख व्यक्त गर्दछ। हामी शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं,’ परराष्ट्र मन्त्रालयले भनेको छ।

यस दुःखद घडीमा नेपाली जनता अफगानिस्तानका जनतासँगै रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply