इन्धन बचत गर्न बंगलादेश र पाकिस्तानमा पसल खोल्ने समय सीमा तोकियो | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

इन्धन बचत गर्न बंगलादेश र पाकिस्तानमा पसल खोल्ने समय सीमा तोकियो

ढाका। इन्धनमा भएको अस्वभाविक मूल्य बृद्धिले दक्षिण एसियाका एकपछि अर्को देश प्रभावित बनेका छन्।  श्रीलंका लामो समयदेखि गहिरो आर्थिक संकटमा फसेको छ। पछिल्लो समयमा पाकिस्तान र वंगलादेशमा उर्जा संकट देखिएको छ । विश्वव्यापी रूपमा उर्जाको बढ्दो मूल्यबीच ऊर्जा र इन्धन बचत गर्ने प्रयासस्वरूप बंगलादेश र पाकिस्तानले राति पसल खोल्ने समय सीमा तोकेका छन् । जसअनुसार बंगलादेश सरकारले सपिङ मल, पसल, भान्सा बजार र व्यापारका अन्य स्थानहरू हरेक दिन बेलुका ८ बजेपछि बन्द राख्न अधिकारीहरूलाई आदेश दिएको छ। प्रधानमन्त्री शेख हसिनाको निर्देशनमा मन्त्रालय, विभाग र स्थानीय अधिकारीहरूलाई पत्र पठाएर तोकिएको समयभित्र पसल बन्द गर्न निर्देशन दिएको हो । बंगलादेश श्रम ऐनले बेलुका ८ बजे पसलहरू बन्द गर्ने व्यवस्था गरेको पनि पत्रमा स्मरण गराइएको छ ।पाकिस्तानका सिन्ध र पन्जाब प्रान्तका सरकारले राति ९ बजेभित्र सबै व्यावसायिक बजार, सपिङ मल र स्टोर बन्द गर्न निर्देशन दिएको छ। पाकिस्तान सरकारले तोकेको सीमा लामो समयसम्म विद्युत् कटौतीबीच ऊर्जा संरक्षण गर्न सरकारले घोषणा गरेका उपायहरूको एउटा हिस्सा हो । ताप  लहरका कारण पछिल्लो समय पाकिस्तानमा ऊर्जा अभाव बढेको छ।

रुस–युक्रेन युद्ध सुरु भएपछि विश्वव्यापीरूपमा इन्धनको मूल्य बढेको छ। गत वर्ष डिसेम्बरमा प्रति ब्यारेल ६५ डलरमा बिक्री भएको कच्चा तेल मार्चमा मूल्य १२४ डलरमा उक्लिएको थियो।अहिले प्रति ब्यारेल करिब १२० डलरमा बिक्री भइरहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);